Section 15
पूर्वस्वीकृति लिनु पर्ने
: (१) रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका धारमा इजाजतपत्रवालाले देहायका विवरण खुलाई वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्वस्वीकृतिका लागि “विभाग समक्ष” निवेदन दिनु पर्नेछ :
(क) रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक,
(ख) वैदेशिक रोजगारको किसिम,
(ग) कामदारको किसिम र संख्या,
(घ) कामदारले पाउने तलब, सुविधा र बिदा,
(ङ) कामदारले काम गर्नु पर्ने दिन र समय,
“(च) गन्तव्य मुलुकको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारीको सक्कल प्रति”
(छ) रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि,
(ज) इजाजतपत्रवाला र कामदारबीच हुनेकरारको प्रतिलिपि,
(झ) तोकिए बमोजिमका अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिम पेश हुन आएको निवेदन जाँचबुझ गर्दा इजाजतपत्रवालाको माग उपयुक्त देखिएमा निवेदन दिएको मितिले चार दिनभित्र विभागले वैदेशिक रोजगारमा नेपाली कामदार पठाउने कारबाही शुरु गर्न पूर्वस्वीकृति दिनेछ ।
“(२क) गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगले उपदफा (१) को खण्ड (च) मा उल्लेखित प्रमाणित कागजात पन्ध्र दिनभित्र विभागमा पठाउनु पर्नेछ। रोजगारदाताबाट कामदारको लागि हवाइ टिकटको प्रवन्ध भए नभएको समेत खुलाई पठाउनु पर्नेछ।”
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा विभागले कामदार छनौट गर्न पूर्वस्वीकृति दिने छैन :
(क) रोजगारदाता संस्थाले माग गरेको कामदारको योग्यताको अनुपातमा सेवा शर्त तथा सुविधा सन्तोषजनक नभएमा,
(ख) प्रस्तावित वैदेशिक रोजगार कामदारको मर्यादा, प्रतिष्ठा वा स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमको देखिएमा,
“(ग) कामदारको सुरक्षा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिले अनुपयुक्त देखिएमा,”(घ) तोकिए बमोजिमको अन्य अवस्था देखिएमा ।
(४) उपदफा (३) बमोजिम पूर्वस्वीकृति नदिने निर्णय गरेमा सोको कारण खुलाई इजाजतपत्रवालालाई जानकारी दिनुपर्नेछ ।